कोइराला समूह विभाजित, पौडेलको समर्थन देउवालाई
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गर्ने भएका छन् ।
दलको नेताको निर्वाचनका लागि उम्मेदवारी दिएका सभापति देउवालाई समर्थन गर्ने नेता पाडैलले सञ्चारकर्मीलाई जानकारी दिए । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा सञ्चारकर्मीसँग कुराकानी गदै नेता पौडेलले भने, ‘अहिलेको परिस्थितिमा म सभापति देउवालाई समर्थन गर्छु, उहाँलाई निर्विरोध संसदीय दलको नेता बनाउनुपर्छ भन्ने मेरो धारणा हो ।’
पौडेलले देउवालाई समर्थन गरेसँगै थापा–कोइराला समूह विभाजन भएको छ । विहान बसेको संस्थापनइतर बैठकमा थापालाई महामन्त्री शर्माले समर्थन गरेका थिए ।
गत वर्ष भएको कांग्रेसको १४ औं महाधिवेशनका आकांक्षी रहेका पौडेललाई शेखर कोइरालाले समर्थन नदिएपछि उनी महाधिवेशनमै सहभागी भएका थिएनन् । त्यसको बदला देउवालाई संसदीय दलको नेतामा देउवालाई समर्थन गरेर पौडेलले कोइरालासँग मिठो बदला लिएका छन् ।
कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेस संसदीय दलको उम्मेदवारी दरखास्त दिन आज दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ ।
कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते बुधबार हुँदैछ । मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया