उम्मेदवारी फिर्ता लिन देउवालाई महामन्त्री थापाको सुझाव
काठमाडौं । संस्थापन इतरबाट कांग्रेस संसदीय दलको नेताका उम्मेदवार रहेका गगन थापाले उम्मदेवारी फिर्ता लिन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
बुधबार हुने संसदीय दलको नेताको निर्वाचनका लागि सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले उम्मेदवारी फिर्ता लिन देउवालाई आग्रह गरेका हुन् ।
उनका प्रस्तावक डा. शेखर कोइराला, समर्थकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदिप पौडेल रहेका छन् । संसदीय दलको नेतामा देउवालाई बरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन रहेको छ ।
८९ सदस्यीय संसदीय दलमा सभापति देउवा र महामन्त्रीबीचको भिडन्त रोमान्चक हुने भएको छ । कांग्रेस निर्वाचन समितिले भोलि पुस ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म दलको निर्वाचन तग गरिएको छ। मतदान सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा हुनेछ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया