मधेस प्रदेशमा दलको नेता छान्ने जिम्मा राउतलाई
जनकपुर । जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा. सिके राउतलाई दिइएको छ ।
पार्टीको जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष राउतलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए ।
संसदीय दलको नेता बन्ने आकांक्षी धेरै भएकाले सहमति हुन नसकेपछि दलको नेता चयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय भएको प्रदेशसभा सदस्य यादवले बताए । जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, वसन्त कुशवाहा, सतिश सिंह, महेशकुमार यादवलगायत नेता आकांक्षी छन् ।
प्रदेशसभामा यस पार्टी १३ सिटसहित चौथो ठूलो दल बनेको छ । मधेस प्रदेशसभामा दश राजनीतिक दलको प्रतिनिधित्व भएको छ तर सरकार बनाउन कुनै दलको एकल बहुमत नहुँदा संयुक्त सरकार बन्ने आवस्था छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया