जापानमा जन्मदर घट्ने क्रम जारी
जापान । जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा रहेको देखिएको छ ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको संख्या आठ लाखभन्दा कम हुने जनाएको छ ।
मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबरसम्म जापानमा जन्मदर अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले घटेर छ लाख ६९ हजार ८७१ मा झरेको छ । गत वर्ष आठ लाख ११ हजार ६०४ नवजात शिशुको वार्षिक सङ्ख्या सात लाख ७० हजार पुग्ने अनुमान गरिएको छ ।
सन् १८९९ मा जापान सरकारले जन्मको तथ्याङ्क सङ्कलन सुरु गरेयता पहिलो पटक यो सङ्ख्या आठ लाखभन्दा तल झरेको छ ।
सरकारले अनुमान गरेभन्दा छिटो जन्मदर घटिरहेको जापानी अधिकारीहरूले जनाएका छन् । जापानको ‘नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसल सेक्युरिटी रिसर्च’ले सन् २०१७ मा सन् २०२२ मा कूल जन्मदर आठ लाख ५० हजार र सन् २०३० मा आठ लाखभन्दा तल झर्ने प्रक्षेपण गरेको थियो ।
जापानको बढ्दो उमेरको समाजमा घट्दो जन्मदरले पेन्सन र वृद्धवृद्धाका लागि चिकित्सा सेवाजस्ता सरकारी सामाजिक सुरक्षा कार्यक्रमहरूको भविष्यको वित्त पोषणका लागि खतरा उत्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया