सुनको मूल्य निरन्तर उकालो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार बढेको सुनको मूल्य बिहीबार पनि बढेको छ ।
बिहीबार छापावाल सुन तोलामा ३ सय रूपैयाँ बढेर १ लाख १५ सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलामा ८ सय रूपैयाँ बढेर एक लाख १२ सय रूपैयाँ कायम भएको थियो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य तोलामा ५ रूपैयाँ बढेर १ हजार ४ सय ५ रूपैयाँमा कारोबार भएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया