विङ्गर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
जनकपुर । धनुषाको सबैला नगरपालिकामा विङ्गर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
धनुषाको वीरेन्द्र बजारबाट सबैलातर्फ जाँदै गरेको ना ५ ज ८४४० नंको विङ्गर र ज ११ प ५४७३ नम्बको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनुषाको सहिदनगर नगरपालिका–५ धवौली निवासी २० वर्षीय अरुण मण्डल र २५ वर्षीया ज्ञानी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी अरुणको घटनास्थलमै र ज्ञानीको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
मृतक दुवैको शव परीक्षणका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ थियो ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया