पाँच महिनामा ६ खर्ब ६४ अर्बको आयात हुँदा निर्यात ६७ अर्ब ३० करोड मात्रै
काठमाडौं । चालु आव २०७९/८० को ५ महिनाको अवधिमामा ६ खर्ब ६४ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ५ महिनाको अवधिमा ६ खर्ब ६४ अर्ब ७४ करोड रूपैयाँ बराबरको वस्तु आयात भएको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा २०.७१ प्रतिशतले कम आयात भएको छ । गत आवको सोही अवधिमा ८ खर्ब ३८ अर्ब ४० करोड रूपैयाँ बराबरको वस्तु आयात भएको थियो ।सरकारले आयातमा गरेको कडाइका कारण आयातमा कमी आएको हो ।
६७ अर्बको निर्यात
तथ्यांकअनुसार चालु आवको ५ महिना अवधिमा वस्तु निर्यात भने ६७ अर्ब ३० करोडको मात्रै भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३४.६१ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा १ खर्ब २ अर्ब ९२ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
५ खर्ब ९७ अर्बको व्यापारघाटा
चालु आवको मंसिरमा आइपुग्दाम व्यापार घाटा झन् बढेको छ । चालु आवको मंसिर मसान्तसम्म आइपुग्दा नेपालको विभिन्न मूलुकसँग ५ खर्ब ९७ अर्ब ४४ करोड रूपैयाँ पुगेको छ । जुन गत आवको सोही महिनाको तुलानमा १८.७७ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा नेपालले ७ अर्ब ३५ करोड ४८ करोड रूपैयाँ व्यापारघाटा व्योहोरेको थियो ।
१ खर्ब ५४ अर्बको राजश्व संकलन
चालु आवको ५ महिनाको अवधिमा आयातित वस्तुबाट सरकारले १ खर्ब ५४ अर्ब १३ करोड रूपैयाँको राजश्व संकलन गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया