महेन्द्र रायको शपथ भोलि
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उनलाई सङ्घीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ । यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने छन् ।
सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।
यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई आज शपथ लिन अनुपस्थित भए । आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा छिन् । खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेको संसद् सचिवालयले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया