चितवनमा अटोमोवाइल व्यवसायीहरूको वृहत् भेला हुँदै
काठमाडाैं । यहि २०७९ पौष ८ गते तथा ९ गते पार्क सफारी रिर्सोट, सौराहा, चितवनमा अटोमोवाइल व्यवसायीहरुको वृहत् कार्यक्रमको आयोजना हुने भएको छ ।
नाडाका पूर्व अध्यक्षहरु, नाडाका सातै प्रदेश एशोसिएशनका अध्यक्षलगायत पदाधिकारीहरु तथा नाडाका केन्द्रिय कार्य समितिको सहभागितामा अटोमोवाइलको वर्तमान परिस्थिति सम्बन्धमा दुई दिने वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको हो ।
सो कार्यक्रममा नाडा तथा नाडाका प्रदेश एशोसिएशनहरुविच नेपालको समग्र अटोमोवाइल क्षेत्रले बर्तमान समयमा भोग्नु परिरहेको समस्या र बैंकहरुको उच्च व्याज दर लगायत चालु पूँजी कर्जा लागु गरेको जोखिम भार र एल सी मार्जिनका विषयको सम्बन्धमा अटोमोवाइल व्यवसायीहरुले कसरी अघि बढने भन्ने विषयमा विस्तृत छलफलगरी आवश्यक निर्णय गर्र्ने छन् । नाडाले मिति २०७९ मंसिसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि २०७९ मङ्गसिर २२ गते काठमाण्डौ लगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो ।
सो बृहत छलफलमा सरकारले विगत आठ महिना देखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजि प्रयोजनका सवारी साधन र १५० सिसि भन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि माथी उल्लेखित समस्याहरुका कारण अटोमोवाइल व्यवसायमा सहजता आउन नसकेको तथा अटोमोवाइल्स व्यवसायीहरु धमाधम पलाउन हुने अवस्था आएकोले आगामी दिनको कार्ययोजना र निष्कर्श निकाल्ने व्यापक छलफल हुने बताउँदै आएका छन ।
उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डाः विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोवाइल क्षेत्रका सम्बन्धमा प्रस्तुती समेत दिनु हुनेछ । सोही क्रममा नाडाका पूर्व अध्यक्षहरुले कार्यक्रमलाई सम्बोधन गर्दे सो विषयका सम्बन्धमा मार्गदर्शन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रम सम्पन्न हुनु भन्दा अघि नाडाको १३ औं केन्द्रीय कार्य समितिको बैठक समेत सौराहामा सम्पन्न हुने छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया