मानव बेचबिखनमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ ।
प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ ।
उनीहरुले तीन जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजारदेखि एक हजार पाँच सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ मा काठमाडौँबाट भारत, थाइल्याण्ड हुँदै लाओस पु¥याएका थिए ।
त्यहाँ पु¥याएपछि बिट क्वाइनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथै दुई महिना काम लगाई पीडितहरूबाट उल्टै तीन लाख ९० हजार रकमसमेत लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए ।
उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाडौँ ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्यूरोको प्रहरीले पक्राउ गरेको हो ।
निजहरूलाई काठमाडौँ जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि थुनामा राख्न कारगार कार्यालय जगन्नाथदेवल सुनधारामा चलान गरिएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया