हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली गराउनुका साथै पूर्वी भेगका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीका अनुसार पश्चिमी वायुको प्रभावले बदली गराएको छ । पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना रहेको छ भने हिमाली तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना छ ।
शुक्रबार बेलुकीदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आइतबारदेखि क्रमशः बाहिरिने मौसमविद् वासीले उल्लेख गर्नुभयो । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
प्रदेश १, मधेस प्रदेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । रातिको समयमा प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्क हिमपातको सम्भावना छ । अहिले काठमाडौँको तापक्रम १६ डिग्रिसेल्सियस रहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया