बाटाे बन्द गरेर भेरी करिडोरमा सडक निर्माण

काठमाडाैं । भेरी करिडोर अन्तर्गत जाजरकोटको रिम्नादेखि रुकुम पश्चिमको चिसापानी खण्ड बन्द हुने भएको छ । निर्माणको काम चलिरहेकाले यही पुस १० देखि ३० गतेसम्म दिनमा एक घण्टा मात्र सडक सञ्चालन हुनेछ ।
दैनिक बिहान ६ देखि मध्याह्न १२ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म सडक अवरुद्ध रहने निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक मध्याह्न १२ देखि १ बजेसम्म एक घण्टा भने सडक खुल्नेछ ।
त्यस्तै दैनिक बेलुका ६ देखि बिहान ६ बजेसम्म पनि सडक खुला रहने उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पनि सूचना जारी गर्दै सडक अवरुद्ध हुने विषयमा जानकारी गराएको छ । यस अवधिमा एम्बुलेन्स, बिरामी बोकेका साधन र सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन हुने सूचनामा उल्लेख छ ।
भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्नादेखि तल्लुबगर सम्मको ४० किलोमिटर सडक स्तरोन्नतिको काम चलिरहेको छ । कालोपत्र गर्ने गरी यती बिल्डर्सले काम गरिरहेको छ । अहिले डबल कटिङको काम भइरहेको छ । जसअन्तर्गत रिम्ना–चिसापानी खण्ड बन्द हुन लागेको हो ।
यस सडकको मुख्य ठेकेदार कम्पनी श्रेष्ठ कन्स्ट्रक्सन हेटौँडा रहे पनि त्यसबाट यती बिल्डर्सले जिम्मा लिएको हो । यो जाजरकोट–डोल्पा जोड्ने सडकको एक खण्ड हो ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया