सांसदको घरलाई सेल्टर बनाएर वन्यजन्तु सिकार
काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रदेश सांसदको घरलाई सेल्टर बनाएर वन्यजन्तुको चोरी सिकार भइरहेको पाइएको छ ।
अघिल्लो साता निकुञ्ज टोलीले पर्सा ३ (१) का सांसद जैसवालको घरबाट सुखवा पुर्सौती १ का ३७ वर्षीय झापस दास थारू, ४४ वर्षीय नवराज बस्नेत, ४६ वर्षीय विशाल सहनी, काभ्रे साँगा ६ का ५० वर्षीय दामोदर अधिकारी, धादिङ गंगाजमुना २ का करिब ५२ वर्षीय म्लाङ दोङ तामाङलाई नियन्त्रणमा लिएको हो ।
टोलीले चोरी सिकारमा प्रयोग भएको प्रदेश २ ०३००१ च ३०९७ नम्बरको सेतो बोलेरो गाडी पनि बरामद गरेको थियो । उक्त गाडी जैसवालको नाममा रहेको निकुञ्जका वार्डेन अशोक रामले जानकारी दिए ।
उनका अनुसार निकुञ्जको कोर क्षेत्रमा पर्ने जमुनिया खोलामा गडिरहेको बोलेरो गाडीबाट चौरभेया रेन्जपोस्ट् र नेपाली सेनाको संयुक्त गस्ती टोलीमाथि गोली प्रहार भएको र सेनाको टोलीले जवाफी फायर गर्दा गाडीको टायर पञ्चर भएको थियो । उक्त गाडी अकुनिया गाउँमा भेटिएको थियो । पक्राउ परेका मध्ये केही यसअघि पनि विभिन्न अपराधमा मुछिएको पाइएका छन् भने केही पूर्वसुरक्षाकर्मी भएको खुलेको छ ।
यसैबीच, सांसद जैसवालले घटना भएको घरमा आफू नबस्ने र स्थानीयलाई रेखदेख गर्ने जिम्मा दिएको बताए । उनका अनुसार, स्थानीय प्रकाश केसीलाई घर हेर्ने जिम्मा दिइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया