सांसदको घरलाई सेल्टर बनाएर वन्यजन्तु सिकार
काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा प्रदेश सांसदको घरलाई सेल्टर बनाएर वन्यजन्तुको चोरी सिकार भइरहेको पाइएको छ ।
अघिल्लो साता निकुञ्ज टोलीले पर्सा ३ (१) का सांसद जैसवालको घरबाट सुखवा पुर्सौती १ का ३७ वर्षीय झापस दास थारू, ४४ वर्षीय नवराज बस्नेत, ४६ वर्षीय विशाल सहनी, काभ्रे साँगा ६ का ५० वर्षीय दामोदर अधिकारी, धादिङ गंगाजमुना २ का करिब ५२ वर्षीय म्लाङ दोङ तामाङलाई नियन्त्रणमा लिएको हो ।
टोलीले चोरी सिकारमा प्रयोग भएको प्रदेश २ ०३००१ च ३०९७ नम्बरको सेतो बोलेरो गाडी पनि बरामद गरेको थियो । उक्त गाडी जैसवालको नाममा रहेको निकुञ्जका वार्डेन अशोक रामले जानकारी दिए ।
उनका अनुसार निकुञ्जको कोर क्षेत्रमा पर्ने जमुनिया खोलामा गडिरहेको बोलेरो गाडीबाट चौरभेया रेन्जपोस्ट् र नेपाली सेनाको संयुक्त गस्ती टोलीमाथि गोली प्रहार भएको र सेनाको टोलीले जवाफी फायर गर्दा गाडीको टायर पञ्चर भएको थियो । उक्त गाडी अकुनिया गाउँमा भेटिएको थियो । पक्राउ परेका मध्ये केही यसअघि पनि विभिन्न अपराधमा मुछिएको पाइएका छन् भने केही पूर्वसुरक्षाकर्मी भएको खुलेको छ ।
यसैबीच, सांसद जैसवालले घटना भएको घरमा आफू नबस्ने र स्थानीयलाई रेखदेख गर्ने जिम्मा दिएको बताए । उनका अनुसार, स्थानीय प्रकाश केसीलाई घर हेर्ने जिम्मा दिइएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया