तीन उपसचिवद्वारा लिखित पुस्तक बजारमा
काठमाडौं । नेपाल सरकारका तीन उपसचिव भुवन पाण्डे, दशरथराम ओड र विष्णुहरि बरालद्वारा लिखित पुस्तक सार्वजनिक भएको छ ।
विगत तीन वर्षमा लोकसेवा आयोगद्वारा सोधिएका सयवटा प्रश्नहरूको उत्तर समेटिएको ‘उपसचिव प्रश्नोत्तर’ सोमबारबाट सार्वजनिक भएको हो ।
पुस्तकमा वि.स २०७३ सालमा लोक सेवा आयोगले लिएको अप्राविधिकतर्फ प्रशासन सेवा अन्तर्गतको सामान्य प्रशासन, लेखा, राजस्व समूहको राजपत्रांकित द्वितीय श्रेणीको उपसचिव पदमा आन्तरिक एवं खुला प्रतिस्पर्धात्मक परीक्षा, २०७८(भाद्र) को अप्राविधिकतर्फ, लोकसेवा आयोग अप्राविधिक(सामान्य प्रशासन) समूह र २०७८(फागुन) प्रशासन सेवा अन्तर्गतको(सामान्य प्रशासन, लेखा र राजस्व) समूहको आन्तरिक एवं खुला प्रधिस्पर्धात्मक परीक्षामा सोधिएका प्रश्नका उत्तर समावेश छन् ।
पाठकहरूले अनलाइन प्लेटफर्म दराजमार्फत पनि उक्त किताब खरिद गर्न सक्नेछन् । समिका रिसर्च एण्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडद्वारा प्रकाशित उक्त पुस्तकको मूल्य एक हजार ४५५ रूपैयाँ तोकिएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया