तीन उपसचिवद्वारा लिखित पुस्तक बजारमा

काठमाडौं । नेपाल सरकारका तीन उपसचिव भुवन पाण्डे, दशरथराम ओड र विष्णुहरि बरालद्वारा लिखित पुस्तक सार्वजनिक भएको छ ।
विगत तीन वर्षमा लोकसेवा आयोगद्वारा सोधिएका सयवटा प्रश्नहरूको उत्तर समेटिएको ‘उपसचिव प्रश्नोत्तर’ सोमबारबाट सार्वजनिक भएको हो ।
पुस्तकमा वि.स २०७३ सालमा लोक सेवा आयोगले लिएको अप्राविधिकतर्फ प्रशासन सेवा अन्तर्गतको सामान्य प्रशासन, लेखा, राजस्व समूहको राजपत्रांकित द्वितीय श्रेणीको उपसचिव पदमा आन्तरिक एवं खुला प्रतिस्पर्धात्मक परीक्षा, २०७८(भाद्र) को अप्राविधिकतर्फ, लोकसेवा आयोग अप्राविधिक(सामान्य प्रशासन) समूह र २०७८(फागुन) प्रशासन सेवा अन्तर्गतको(सामान्य प्रशासन, लेखा र राजस्व) समूहको आन्तरिक एवं खुला प्रधिस्पर्धात्मक परीक्षामा सोधिएका प्रश्नका उत्तर समावेश छन् ।
पाठकहरूले अनलाइन प्लेटफर्म दराजमार्फत पनि उक्त किताब खरिद गर्न सक्नेछन् । समिका रिसर्च एण्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडद्वारा प्रकाशित उक्त पुस्तकको मूल्य एक हजार ४५५ रूपैयाँ तोकिएको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया