लोक सेवा प्रश्न– राजस्व संकलनको जिम्मेवारी र बाँडफाँट

साझा अधिकारको राजस्व संकलनको जिम्मेवारी र बाँडफाँट गर्ने तरिकाको संक्षिप्तमा चर्चा गर्नुहोस् । १०
- संघबाट संकलन हुने राजस्व
- प्राकृतिक स्रोत साधनबापतको रोयल्टी
- सवारी साधन कर
- घर जग्गा रजिष्ट्रेशन कर
- मनोरञ्जन कर
- विज्ञापन कर
सरकारका तहबीच संकलित राजस्वको बाँडफाँट वा हस्तान्तरपण गर्ने कार्य, प्रक्रिया वा पद्धति नै राजस्व बाँडफाँट हो । दुईखाले अधिकारबाट प्राप्त स्रोतको राजस्व बाँडफाँट गरिन्छ । पहिलो, एकल अधिकारबाट प्राप्त हुन्छ भने दोस्रो साँझा अधिकारबाट प्राप्त हुन्छ ।
संघले आफ्नो एकल अधिकारमा रहेको मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनमा लाग्ने अन्तः शुल्कबाट उठेको राजस्व प्रदेश र स्थानीय तहलाई बाँडफाँट गर्नुपर्ने व्यवस्था रहेको छ ।
– स्थानीय – १५ प्रतिशत (स्थानीय विभाज्य कोषमा जम्मा गरिने)
- संघ – ५० प्रतिशत
- प्रदेश – २५ प्रतिशत
- स्थानीय – २५ प्रतिशत
३. प्रदेश र स्थानीय तहको साझा अधिकारमा संकलित राजस्व बाँडफाँट
सवारी साधन कर उठाउने अधिकार प्रदेशलाई रहेको छ भने घरजग्गा राजिष्ट्रेशन, मनोरञ्जन र विज्ञापन कर उठाउने अधिकार स्थानीय तहलाई रहेको छ । यद्यपि, यी चार वटै अधिकार दुवै तहको सरकारको हो ।
उल्लिखित साझा अधिकारका राजस्व एकल तहबाट उठाउँदा संकलन गर्ने तहले बढीमा २ (दुई) प्रतिशत (संकलित राजस्वको) सम्म प्रशासनिक खर्चबापत आफूले राख्ने र बाँकी रकम (कम्तीमा ९८ प्रतिशत) सम्बद्ध तहबीच तोकिएबमोजिम (उठाउने तहको सरकारले ६० प्रतिशत राख्ने) बाँडफाँट गर्ने व्यवस्था रहेको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले नेपाल सरकार, प्रदेश तथा स्थानीय तह बीच र प्रदेश र स्थानीय तहबीच राजस्वको बाँडफाँट गर्ने विस्तृत आधार र ढाँचा तयार गरेको छ । सोही आधारमा रहेर राजस्वको बाँडफाँट भएमा हालको सन्दर्भमा समन्यायिक हुने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया