३५ तोला सुनसहित पक्राउ परेका डिएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस

काठमाडौं । इलाका प्रहरी बुटवलका प्रहरी नायब उपरीक्षक(डिएसपी) ठगबहादुर केसीलाई प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि सिफारिस गरेको छ ।
सुन व्यापारीसँग घुस रकम लिएको ओरोप लागेका केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको हो ।
उनले बुटवल उपमहानगरपालिका अन्तर्गतको हाटबजारबाट किसन बि.कको सुन लिएर गएको र उक्त सुन फिर्ता गर्न रकम माग गरेको आरोप छ । बि.कबाट आठ लाख ५० हजार रूपैयाँ नगद र ९ लाख ५० हजार रूपैयाँको चेक गरी १८ लाख रूपैयाँ र ३५ तोला सुन लिएका केसीलाई आइतबार राती केन्द्रीय अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको थियो ।
केसीले आफू सरूवा भइ बुटवलबाट जान लागेको मौकामा उक्त रकम लिइ गैरकानुनी काम गरेको प्रहरी प्रधान कार्यालयको ठहर छ । उनी जिल्ला प्रहरी कास्कीमा सरूवा भएर जाने तयारीमा थिए । केसीलाई प्रहरी नियमावली अनुसार निलम्बनका लागि मन्त्रालयमा पत्राचार भएको हो ।
ताजा अपडेट
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
-
‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन् ७ सदस्य ,२१ दिनको समय
-
राप्रपा र रास्वपाले गरे संसद वैठक बहिष्कार
प्रतिक्रिया