दुई चिनियाँसहित २४ निर्माण कम्पनी कालोसूचीमा (नामावलीसहित)
काठमाडौं । सरकारले २४ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । कबोलअनुसारको काम नगरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले यी कम्पनीलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्नेमा दुई चिनियाँ कम्पनीसमेत छन् ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यी निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसमा मात्रै चार कम्पनी कालोसूचीमा परेका छन् । सिल्क मार्केट प्रालि, सिनोमा हाय साङघाई इन्टरनेशनल ट्रेड कम्पनी लिमिटेड, ग्लोबलम्याटिक्स ट्रेडिङ प्रालि, सिंगापुर र बिध म्यानेजमेन्ट प्रालि लिमिटेडको सिफारिसमा कालोसूचीमा परेका हुन् । यीमध्ये सिनोमा चिनियाँ कम्पनी हो । यी सबैलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यसैगरी, सिम्लेश्वर विल्डर्स, एसियन बोरिङ एण्ड कन्स्ट्रक्सन प्रालि, दिव्याक्षा कन्स्ट्रक्सन एण्ड सप्लायर्सड्रिगन कन्स्ट्रक्सन प्रालि, किसन कन्स्ट्रक्सन प्रालि, जगदम्बा निर्माण सेवा, सइफ मेटल एण्ड कन्स्ट्रक्सन प्रालि र चीनको हेजिङ कम्पनी लिमिटेडलगायतलाई पनि कार्यालयले कालोसूचीमा राखेको छ ।
कालोसूचीमा परेका निर्माण तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन वञ्देज लगाइएको कार्यालयले जनाएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया