दुई चिनियाँसहित २४ निर्माण कम्पनी कालोसूचीमा (नामावलीसहित)

काठमाडौं । सरकारले २४ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । कबोलअनुसारको काम नगरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले यी कम्पनीलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्नेमा दुई चिनियाँ कम्पनीसमेत छन् ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यी निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जनाएको छ ।
कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसमा मात्रै चार कम्पनी कालोसूचीमा परेका छन् । सिल्क मार्केट प्रालि, सिनोमा हाय साङघाई इन्टरनेशनल ट्रेड कम्पनी लिमिटेड, ग्लोबलम्याटिक्स ट्रेडिङ प्रालि, सिंगापुर र बिध म्यानेजमेन्ट प्रालि लिमिटेडको सिफारिसमा कालोसूचीमा परेका हुन् । यीमध्ये सिनोमा चिनियाँ कम्पनी हो । यी सबैलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यसैगरी, सिम्लेश्वर विल्डर्स, एसियन बोरिङ एण्ड कन्स्ट्रक्सन प्रालि, दिव्याक्षा कन्स्ट्रक्सन एण्ड सप्लायर्सड्रिगन कन्स्ट्रक्सन प्रालि, किसन कन्स्ट्रक्सन प्रालि, जगदम्बा निर्माण सेवा, सइफ मेटल एण्ड कन्स्ट्रक्सन प्रालि र चीनको हेजिङ कम्पनी लिमिटेडलगायतलाई पनि कार्यालयले कालोसूचीमा राखेको छ ।
कालोसूचीमा परेका निर्माण तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कार्यमा भाग लिन वञ्देज लगाइएको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया