राप्रपा केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै छ । प्रचण्ड नेतृत्वमा सरकार गठन गर्न पार्टीले सहमति दिएपछि उत्पन्न नयाँ परिस्थितिमाझ बैठक डाकिएको हो ।
राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले अपराह्न १२ः३० बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको जानकारी दिए ।
आजको बैठकले सरकारलाई समर्थन गरिसकेपछिको परिवर्तित सन्दर्भमा आगामी रणनीति तय गर्ने उनले जानकारी दिए ।
प्रचण्ड नेतृत्वमा सरकार बनाउन राप्रपाले सहयोग गरे पनि उसले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । उसले सरकारलाई समर्थन कायम राख्न पनि केही सर्त तेर्साएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया