राप्रपा केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै छ । प्रचण्ड नेतृत्वमा सरकार गठन गर्न पार्टीले सहमति दिएपछि उत्पन्न नयाँ परिस्थितिमाझ बैठक डाकिएको हो ।
राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले अपराह्न १२ः३० बजे पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको जानकारी दिए ।
आजको बैठकले सरकारलाई समर्थन गरिसकेपछिको परिवर्तित सन्दर्भमा आगामी रणनीति तय गर्ने उनले जानकारी दिए ।
प्रचण्ड नेतृत्वमा सरकार बनाउन राप्रपाले सहयोग गरे पनि उसले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । उसले सरकारलाई समर्थन कायम राख्न पनि केही सर्त तेर्साएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया