जसपा संसदीय दलको नेतामा राई र यादबबीच प्रतिस्पर्धा हुने
काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जसपाले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएको छ ।
बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले नेता चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो ।
निर्वाचनअघि नै देउवा–प्रचण्ड समीकरण छाडेर एमालेसँग चुनावी तालमेल गरेको जसपाले आइतबार प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेपनि सरकारमा सहभागी भएको छैन । मंसिर ४ मा भएको निर्वाचनमा जसपाको सात प्रत्यक्ष र पाँच समानुपातिक गरी १२ सांसद रहेका छन् ।
जसपाको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार ११ देखि १२ बजेसम्म मनोनयन दर्ता रहेको छ । १२ देखि १२ : ३० सम्म नामावली प्रकासन गर्ने गर्ने कार्यतालिका छ ।
यसैगरी १२ : ३० देखि १ बजेसम्म दाबिविरोध, १ देखि १ : ३० सम्म उम्मेदवारले नाम फिर्ता लिने, १ : ३० देखि २ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । २ बजेदेखि २ : ३० सम्म मतदान र ३ बजे मतपरिणाम घोषणा गर्ने कार्यतालिका छन् । दलको नेताका लागि संघीय परिषदका अध्यक्षसमेत रहेका अशोक राई र नेता राजकिशोर यादब चुनावी प्रतिस्पर्धामा उठेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया