जसपा संसदीय दलको नेतामा राई र यादबबीच प्रतिस्पर्धा हुने
काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जसपाले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएको छ ।
बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले नेता चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो ।
निर्वाचनअघि नै देउवा–प्रचण्ड समीकरण छाडेर एमालेसँग चुनावी तालमेल गरेको जसपाले आइतबार प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेपनि सरकारमा सहभागी भएको छैन । मंसिर ४ मा भएको निर्वाचनमा जसपाको सात प्रत्यक्ष र पाँच समानुपातिक गरी १२ सांसद रहेका छन् ।
जसपाको निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार ११ देखि १२ बजेसम्म मनोनयन दर्ता रहेको छ । १२ देखि १२ : ३० सम्म नामावली प्रकासन गर्ने गर्ने कार्यतालिका छ ।
यसैगरी १२ : ३० देखि १ बजेसम्म दाबिविरोध, १ देखि १ : ३० सम्म उम्मेदवारले नाम फिर्ता लिने, १ : ३० देखि २ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । २ बजेदेखि २ : ३० सम्म मतदान र ३ बजे मतपरिणाम घोषणा गर्ने कार्यतालिका छन् । दलको नेताका लागि संघीय परिषदका अध्यक्षसमेत रहेका अशोक राई र नेता राजकिशोर यादब चुनावी प्रतिस्पर्धामा उठेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया