महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संघसंस्थालाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई आवश्यक सामग्री सहयोग छ ।
बैंकको तुल्सिपुर शाखाले दाङको बेलझुन्डीमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरेको छ । विश्वविद्यालयमा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकको लालबन्दी शाखाले राधाकृष्ण मन्दिर भागवतधाम धर्मशालाका लागि आवश्यक टेबल र कुर्सी सहयोग गरेको जनाएको छ ।
बैंकको मनहरी शाखाले श्री राष्ट्रिय रोटरी माध्यमिक विद्यालयलाई ट्राफिक सचेतना सम्बन्धित होडिङ बोर्ड उपलब्ध गराएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु राजमार्गबाट आवतजावत गर्ने हुँदा दुर्घटनाको जोखिम न्यूनीकरण होस् भन्ने उद्देश्यले उक्त होडिङ बोर्ड विद्यालयलाई प्रदान गरेको बैंकले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया