कस्तो छ आजको मौसम ?
काठमाडौं । पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ ।
उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीका साथै प्रदेश नं १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ ।
विभागले आगामी २४ घण्टा देशको प्रदेश नं १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही स्थानमा हुस्सु÷कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस दुई दशमलव छ डिग्री सेल्सियस र सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २२ दशमलव एक डिग्री सेल्सियस छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया