भोलि सार्वजनिक बिदा
काठमाडाैं । सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ । भोलि (पुस १५ गते) गुरुङ समुदायको महान चाड तमु ल्होसारको अवसरमा गृह मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
तमु ल्होसार गुरुङ जातिको महान चाड हो । ल्होसार ल्होसार भनेको नयाँ वर्ष हो । गुरुङ जातिले नयाँ वर्षको रूपमा ल्होसार मनाउँछन् ।
यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । हाल यो हिन्दू जातिको भारतिय पात्रो बिकम सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ ।
प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया