प्रदेश १ मा नेपाली कांग्रेस संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी
विराटनगर । प्रदेश १ मा नेपाली कांग्रेसको संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट २ र इतर पक्षबाट १ जना गरी ३ जनाको उम्मेदवारी परेको हो ।
त्यसरी उम्मेदवारी दिनेमा संस्थापन पक्षको तर्फबाट उद्धव थापा र केदार कार्की रहेका छन् भने इतर पक्षबाट अृमत अर्याल रहेका छन् ।
निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीका अनुसार अर्याल नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन भने थापा नेपाली कांग्रेसका प्रदेश १ सभापति हुन ।अर्याललाइ भने शेखर काेइरालाका विश्वास पात्रकाे रूपमा लिइन्छ ।
संसदीय दलको नेता छान्ने निर्वाचन शुक्रबार हुनेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया