जब विमानस्थलमा ओली र कांग्रेसी नेताहरूबीच जम्काभेट भयो !
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रेस चौतारी महाधिवेशनलाई सम्बोधन गर्न पोखरा उड्दै थिए । विमान उड्नुभन्दा केही समयअघि नै त्रिभुवन विमानस्थल पुगेका ओली थिआइपी कक्षमा थिए ।
त्यहाँ सर्लाही जान लागेका कांग्रेस नेताहरू पनि थिए ।
चन्द्र भण्डारी, रञ्जीत कर्ण, केशवकुमार बुढाथोकीलगायत चार जनासँग ओली गफिए । गफिने क्रम दुवैतर्फबाट चल्यो ।
यसको जानकारी नेता भण्डारीले दिएका हुन् ।

उनले फेसबुकमा तस्बिर शेयर गर्दै लेखेका छन्, काठमाडौं एयरपोर्टमा । पार्टीहरूलाई रिमिक्स नबनाऊँ ।’
ओलीसँग के कुरा भयो भण्डारीले स्पष्ट रूपमा भने खुलाएका छैनन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया