सन्दीप लामिछानेको निवेदन हेर्न नभ्याइनेमा
काठमाडाैं । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेको मुद्यामा आज सुनुवाइ नहुने भएकाे छ ।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
उनको निवेदनको सुनुवाइका लागि पाटनका न्यायाधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर अहिले हेर्न नभ्याइनेमा परेको छ ।
नाबालिग बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान लामिछानेलाई २०७९ कार्तिक १८ गते जिल्ला अदालत काठमाडाैंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
ताजा अपडेट
-
संस्थागत विद्यालयलाई शुल्कसम्बन्धी मापदण्ड पालना गराइँदै
-
लगानी सम्मेलन : रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो
-
धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
-
महोत्तरीका आगलागी पीडितलाई काठमाडौं महानगरको १० लाख सहयोग
-
बझाङ उपनिर्वाचन : एमालेका भण्डारी विजयी
प्रतिक्रिया