बाग्मती किनाराका अनाधिकृत संरचना हटाउन महानगरले माग्यो गृह मन्त्रालयको सहयोग
काठमाडौं । काठमाडौं महानगरपालिकाले गृह मन्त्रालयलाई थापाथलीस्थित बाग्मती नदी किनारमा रहेका अनाधिकृत संरचना हटाउनका लागि आवश्यक निर्देशन तथा समन्वय गर्न आग्रह गरेको छ ।
महानगरले बुधबार एक पत्र जारी गर्दै समन्वयका लागि अनुरोध गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले थापाथलीस्थित बाग्मती नदी किनारमा अनाधिकृत रुपमा निर्माण भएका संरचनाहरु हटाउने कार्य अभियानकै रुपमा अगाडि बढाउनु पर्ने देखिएको पत्रमा उल्लेख गरेका छन् ।
‘थापाथलीस्थित बाग्मती नदी किनारमा अनाधिकृत रुपमा निर्माण भएका संरचनाहरु हटाउन पटक पटक प्रयास भएको व्यहोरा विदितै छ । महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनाधिकत संरचनाहरु हटाउने कार्य अभियानकै रुपमा अगाडि बढाउनु पर्ने देखिन्छ । जसका लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ ।’ जारी पत्रमा लेखिएको छ ।
हेराैं सूचना :

ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया