भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

काठमाडौैं । प्रधानमन्त्री मोदीकी आमा हीराबेनको निधन भएको छ । अहमदाबादको अस्पतालमा उपचाररत उनको शुक्रबार बिहान १०० वर्षको उमेरमा निधन भएको हो ।
हीराबेनको स्वास्थ्य बुधबार बिग्रिएपछि उनलाई अहमदाबादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि प्रधानमन्त्री मोदी आमालाई भेट्न अस्पताल पुगेका थिए ।
मोदीले एक ट्वीट गर्दै आफ्नी दिवंगत आमालाई श्रद्धाञ्जली दिएका छन् ।
‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम‘ । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ,’ उनले ट्विटरमा लेखेका छन् ।
ताजा अपडेट
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
प्रतिक्रिया