सुनको मूल्य प्रतितोला ५०० रूपैयाँ बढ्यो
काठमाडाैं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला पाँच सय रूपैयाँले बढेको छ । अघिल्लो दिन एक लाख ९ सय रूपैयाँ कायम भएको छापावाल सुन आज एक लाख १४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ९ सय रूपैयाँ छ ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रूपैयाँ बढेर प्रतितोला एक हजार तीन सय ९५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया