प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्रीले पठाए बधाई सन्देश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले नेपाल सरकार र नेपाली जनताप्रति आफूको पूर्णसाथ रहने बताएका छन् ।
नवगठित सरकारका प्रधानमन्त्रीलाई एक सन्देश पठाउँदै चिनियाँ प्रधानमन्त्रीले वर्तमान सरकार पूर्णरुपमा सफल हुने कामना गरेका छन् । प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटका लागि पुगेका यहाँस्थित चिनियाँ दूतावासका कार्यबहाक राजदूत वाङ सिङले चिनियाँ प्रधानमन्त्रीको सन्देश उपलब्ध गराउएका हुन । ।
चिनियाँ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, “तपाईँको नेतृत्वमा गठन भएको सरकारले नेपालको आर्थिक विकासका सम्बन्धमा गर्ने प्रयासमा चीनले साथ दिनेछ ।”
दुई देशबीच लामो समयदेखि पृथक द्विपक्षीय सम्बन्ध रहेको उल्लेख गर्दै बधाई सन्देशमा त्यसलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । आज मात्रै नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बधाई सन्देश हस्तान्तरण गरेका थिए ।
ताजा अपडेट
-
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
-
वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ–मुग्लिन सडकखण्ड
-
प्रतिनिधिसभा बैठक : तिलगाउँका बासिन्दाको उद्धार गर्न माग
प्रतिक्रिया