कम्बोडिया घटनाले प्रधानमन्त्री दुःखी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको क्यासिनोमा भएको आगलागीका क्रममा एक नेपालीको मृत्यु हुन पुगेको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले एक समवेदना सन्देश जारी गर्दै घटनामा ज्यान गुमाएका एक नेपालीसहित १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै उनले परिवारजनमा समवेदना पनि प्रकट गरेका छन् ।
आगलागीमा परेर झापाको बिर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डे सहित १९ जनाको निधन भएको थियो ।
यसैबीच, प्रधानमन्त्री प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने बताएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया