कम्बोडिया घटनाले प्रधानमन्त्री दुःखी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्बोडियाको क्यासिनोमा भएको आगलागीका क्रममा एक नेपालीको मृत्यु हुन पुगेको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले एक समवेदना सन्देश जारी गर्दै घटनामा ज्यान गुमाएका एक नेपालीसहित १९ जनाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै उनले परिवारजनमा समवेदना पनि प्रकट गरेका छन् ।
आगलागीमा परेर झापाको बिर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डे सहित १९ जनाको निधन भएको थियो ।
यसैबीच, प्रधानमन्त्री प्रचण्डले पाण्डेको शव नेपाल ल्याउन पहल गर्ने बताएका छन् ।
ताजा अपडेट
-
काभ्रे प्रहरीको कडाईः सवारी साधनमा प्रेसर हर्न र झिलिमिली बत्ती राख्न नपाइने
-
सम्बन्ध बिग्रिएपछि श्रीमतीकै गोप्य तस्वीर फेसबुकमा
-
मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
-
संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँ : नेता निधि
-
बाँकेको जमुनाहा नाका बन्द
प्रतिक्रिया