माओवादी बागमती प्रदेशको संसदीय दलका नेतामा जम्मकट्टेल
काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् ।
बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरुको उपस्थितिमा आज यहाँ सम्पन्न बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको हो ।
उनि यसअघि पनि दलको नेता नै थिए । हाल पनि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा कार्यरत छन् ।
हिजो र आज भएको छलफलपछि माओवादी केन्द्रका पालिटब्यूरो सदस्यसमेत रहेका जम्मकट्टेललाई संसदीय दलको नेतामा चयन गरिएको प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए।
प्रदेशसभामा माओवादी केन्द्रका २१ सांसद छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया