नेपाल टी-ट्वान्टीमा दुई खेल हुँदै
काठमाडौं । नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।
आजको पहिलो खेलमा जनकपुर रोयल्स र काठमाडौं नाइट्स प्रतिस्पर्था गरिरहेका छन् । खेल अहिले बिहान ९ बजेबाट चलिरहेको छ ।
आजको खेलमा सहज जित निकालेर जनकपुर शीर्ष स्थानमा उक्लने दाउमा छ । प्रतियोगिताअन्तर्गतका पाँच खेलमा चार जित निकालेको जनकपुर ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।
चार खेल खेलेर समान २–२ जित तथा हार हात पारेको काठमाडौं नाइट्स ४ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।
दोस्रो खेलमा अल स्टार लुम्बिनी र विराटनगर सुपर किंग्स भिड्दैछन् । खेल दिउसो १ बजेका लागि तय छ ।
छ खेल खेलेर पाँच जित हात पारेको लुम्बिनी छैठौं जितको खोजीमा हुनेछ । लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया