महाँकालमा गणेशमान सिंहको सालिक अनावरण
काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धस्थित महाँकालमा विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिक अनावरण गरिएको छ ।
गणेशमान सिंह वाटिका तथा सालिक निर्माण समितिले आयोजना गरेको कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद सन्तोष चालिसेले सालिक अनावरण गरेका हुन् ।
उनले नेपाली राजनीतिमा त्यागको पर्यायका रुपमा स्थापित गणेशमानबाट वर्तमान राजनीतिज्ञले पाठ सिक्नुपर्नेमा जोड दिए । वडा नं ६ का वडाध्यक्ष भुवन लामा, वाटिका तथा सालिक निर्माण समितिका अध्यक्ष दिवाकर न्यौपानेलगायतले राजधानीका विभिन्न स्थानमा रहेका खाली जग्गामा ऐतिहासिक भूमिका निर्वाह गरेका व्यक्तित्वको सालिकसँगै बगैँचा निर्माणले विपद्का बेलामा स्थान अभावले समस्या नहुनेमा जोड दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया