महाँकालमा गणेशमान सिंहको सालिक अनावरण
काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्धस्थित महाँकालमा विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिक अनावरण गरिएको छ ।
गणेशमान सिंह वाटिका तथा सालिक निर्माण समितिले आयोजना गरेको कार्यक्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद सन्तोष चालिसेले सालिक अनावरण गरेका हुन् ।
उनले नेपाली राजनीतिमा त्यागको पर्यायका रुपमा स्थापित गणेशमानबाट वर्तमान राजनीतिज्ञले पाठ सिक्नुपर्नेमा जोड दिए । वडा नं ६ का वडाध्यक्ष भुवन लामा, वाटिका तथा सालिक निर्माण समितिका अध्यक्ष दिवाकर न्यौपानेलगायतले राजधानीका विभिन्न स्थानमा रहेका खाली जग्गामा ऐतिहासिक भूमिका निर्वाह गरेका व्यक्तित्वको सालिकसँगै बगैँचा निर्माणले विपद्का बेलामा स्थान अभावले समस्या नहुनेमा जोड दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया