प्रदेश १ मा सरकार गठन गर्न आह्वान
विराटनगर । प्रदेश नं १ मा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् ।
धारा १६८ को उपधारा अनुसार सरकार गठन गर्न प्रदेशसभामा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले अब उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पु-याएर मुख्यमन्त्री नियुक्तीका लागि दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान भएको हो ।
पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी गरिएको पत्रमा उल्लेख छ ।
प्रदेशसभामा नेकपा (एमाले) काे ४०, नेपाली कांग्रेसकाे २९, नेकपा (माओवादी केन्द्र) काे १३, राप्रपाकाे ६, नेकपा (एकीकृत समाजवादी) काे चार र जसपाकाे एक प्रदेशसभा सदस्य छन् । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ प्रदेशसभा सदस्य आवश्यक पर्छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया