नेपाल टि–२० लिग क्रिकेट : काठमाडौंले जनकपुरलाई हरायो
काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको टि–२० क्रिकेट लिग प्रतियोगितामा काठमाडाैं नाइट्स जनकपुर रोयल्सलाई पराजित गर्दै विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडाैं जनकपुरलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।
काठमाडौंले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछाएको जनकपुर १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटियो । जनकपुरका लागि अरफुदिन असरफले सर्वाधिक ३३ रनको योगदान दिए भने सोमापाल कामीले २१ रन बनाए ।
त्यस्तै खड्क बोहोराले १० रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । काठमाडाँैका अभिनास बोहोरा एक्लैले चार विकेट लिए भने अजमतुल्लाह उमरजाईले दुई विकेट लिए ।
त्यसैगरी कमलसिंह ऐरी, अनिल खरेल र बसिर अहमदले समान एक/एक विकेट झारे । त्यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको काठमाडाैंले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ८० रनको योगफाल बनाएको थियो ।
काठमाडौंका लागि सुनाम गौतमले सर्वाधिक ६२ रनको योगदान दिएका थिए । त्यस्तै रायन बर्लले ६१ रन जोडे भने एलेक्स ब्लेकले २०, अजमतुल्लाह उमजाईले १० तथा लोकेश बमले सात रन बनाए । जनकपुरका लागि जितेन्द्र मुखियाले दुई विकेट लिए भने शरफुदिन असरफ र कप्तान ट्राभोल ग्रिफिथले समान एक/एक विकेट लिए ।
यससँगै पाँच खेलको काठमाडौँ तीन जितसँगै छ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । त्यसैगरी छ खेल खेलेको जनकपुर चार खेलमा जित हात पार्दै आठ अङ्कका साथ अङ्क तालिकाको दोस्रो स्थानमा छ ।
लुम्बिनी अल स्टार छ खेलमा पाँच जित हात पार्दै १० अङ्कका साथ अङ्कताकिलाको शीर्ष स्थानमा छ । यही पुस २७ गते हुने फाइनल खेलको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख प्राप्त गर्नेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया