प्रधानमन्त्रीले डाके सचिवहरूको बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै सचिवहरूलाई छलफलका लागि डाकेका छन् । तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा फर्किएका प्रचण्डले कार्यकाल सम्हालेपछि पहिलो पटक सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्न लागेका हुन् ।
अहिले बिहान ११ बजे सिंहदरबारमा सबै मन्त्रालयका सचिवहरूको बैठक तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्रीले मन्त्रालयहरूको अवस्थाबारे जानकारी लिने एजेण्डा छ । साथै आफ्नो मन्त्रालयको काम प्रभावकारी ढंगले गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिनेछन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया