प्रधानमन्त्रीले डाके सचिवहरूको बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै सचिवहरूलाई छलफलका लागि डाकेका छन् । तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारीमा फर्किएका प्रचण्डले कार्यकाल सम्हालेपछि पहिलो पटक सबै मन्त्रालयका सचिवहरूसँग छलफल गर्न लागेका हुन् ।
अहिले बिहान ११ बजे सिंहदरबारमा सबै मन्त्रालयका सचिवहरूको बैठक तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्रीले मन्त्रालयहरूको अवस्थाबारे जानकारी लिने एजेण्डा छ । साथै आफ्नो मन्त्रालयको काम प्रभावकारी ढंगले गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिनेछन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया