यस्ता छन् गृहमन्त्री लामिछानेले प्रजिअहरूलाई दिएको निर्देशन
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा प्रभावकारी तथा जनउत्तरदायी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री भएपछि पहिलोपटक ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठक बोलाएका मन्त्री लामिछानेले सेवाग्राहीलाई बिना झन्झट सेवा दिन निर्देशन दिएका हुन् ।
नागरिकता, राष्ट्रिय परिचयपत्र र राहदानी जारी गर्ने विषयमा नागरिकहरूले दुःख पाइरहेका व्यापक गुनासो आएपछि मन्त्री लामिछानेले अनलाइन प्रणालीबाट नागरिकलाई छिटो छरितो र प्रभावकारी ढंगले काम गर्न निर्देशन आएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।
‘गृहमन्त्री ज्यूले नागरिकका गुनासाहरूलाई तत्काल सम्बोधन हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । आम नागरिकको दैनिकीसँग जोडिएको मन्त्रालय भएकाले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीको विषयमा झन्झटरहित तरिकाबाट सेवा उपलब्ध गराउन समय तालिका बाउनु भन्नुभएको छ’, उनले भने, ‘शान्ति सुरक्षा चुस्त दुरुस्त कायम राख्न, बढ्दो जाडोबाट नागरिकलाई बचाउन आवश्यक प्रवन्ध मिलाउन उहाँको निर्देशन थियो ।’
प्रजिअ रिसालका अनुसार मन्त्री लामिछानेले सम्बोधनका क्रममा विपद व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण, कार्यालयबाट हुने कामको ढिलासुस्ती अन्त्यका लागि खाका बनाए काम गर्न जोड दिएका छन् । यसैगरी कानुनको छिर्का देखाएर नागरिकलाई सेवाबाट विमुख गर्नुभन्दा पनि जायज विषयमा विवेकको प्रयोग गर्न प्रजिअसमक्ष मन्त्री लामिछानेले आग्रह गरेका छन् ।
सोमबार गृहमन्त्रलयमा भएको भर्चुअल बैठकमा उनले प्रजिअमार्फत सबै जिल्लाको वस्तुगत अवस्थाबारे जानकारी जानकारी लिएका छन् । गृहमन्त्रीको पदभार ग्रहण गरेपछि मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालयलाई गुनासोरहित तरिकाबाट काम गर्ने वातावरण बनाउने प्रतिवद्धता जनाएका थिए ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया