NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

निराकारको शव नेपाल ल्याएको खबर झुटो हो : पाण्डे परिवार

झापा । सामाजिक संजालमा कम्बोडियामा आगोलागीमा परि ज्यान गुमाएका विर्तामाेड-१, झापाका ४० वर्षीय निराकार पाण्डेको शव नेपाल ल्याएको भन्ने हल्ला झुटो र भ्रमपुर्ण रहेको पारिवारिक श्रोतले जनाएको छ ।

सामाजिक संजाल र युट्युवहरुमा निराकारको शव नेपाल ल्याएको भन्दै झुटा खबरहरु फैलाएकोमा परिवारले आपत्ति जनाएको छ ।

सामाजिक संजालमा परिवारका तर्फबाट एक पोष्ट गर्दै एलिशा प्रसाईँले लेखेकि छन् ‘दादा निराकार पाण्डेको शव नेपाल ल्याइएको भन्ने सामजिक सञ्जाल मा भ्रामिक समाचारहरु फैलाइरहेका छन्,यो सब झुटो हुन, ।’

परिवारिक श्रोतका अनुसार निराकारको शब नेपाल ल्याउन अझै केही दिन लाग्ने छ । नेपालवाच सँगको टेलिफोन सम्पर्कमा बहिनि एलिशाले यस्तो भ्रमपुर्ण खबरले परिवारलाई झनै मानसिक यातना दिएको भन्दै त्यस्ता खबर प्रशारण र प्रकाशन नगरि दिन संचारमाध्यमलाई आग्रह गरेकि छन् ।

निराकारले गएकाे पुस १२ गते आफू बसेकाे हाेटलमा आगलागी भएपछि ज्यान जाेगाउनका लागि १२ औं तलबाट हाम फालेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष