एकैदिन सुनको मूल्य ९०० रूपैयाँले उकालो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली सुनचाँदी बजारमा सोमबार स्थिर सुनको मूल्य आज बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सोमबारको तुलनामा ९ सय रूपैयाँ बढेर १ लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन १ लाख २ हजार एक सय रूपैयाँ छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ बढेर एक हजार चार सय १० रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया