आदिवासी जनजातिका लागि लोकसेवा तयारी कक्षा अब निःशुल्क
काठमाडौं । आदिवासी जनजाति समुदायका तपाईंले लोकसेवा आयोगका विभिन्न परीक्षामा सहभागिताका लागि शुल्क तिरेर कक्षा लिइरहनु भएको छ ? यदि छ भने तपाईंका निम्ति एउटा सुखद् समाचार छ, अब तपाईंले शुल्क नतिरी लोक सेवा तयारी गर्ने सुविधा पाउँदै हुनुहुन्छ ।
आदिवासी जनजातिको हितखातिर खडा आदिवासी जनजाति राष्ट्रिय प्रतिष्ठानले यस्तो सहुलियत प्रदान गर्न लागेको हो ।
पहिलो चरणमा काठमाडौं उपत्यकाभित्रका आदिवासी जनजातिहरूका निम्ति यस्तो तयारी कक्षा निःशुल्क सञ्चालन गर्न लागेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अनुसार, पहिलो चरणमा शाखा अधिकृत र नायब सुब्बास्तरका तयारी कक्षा सञ्चालन हुनेछन् ।
तयारी कक्षा सञ्चालन निम्ति प्रतिष्ठानले इच्छुक संस्था, फर्म वा कम्पनीहरूबाट आशय पत्र आह्वान गरेको छ । प्रतिष्ठानले शुक्रबार मात्रै त्यस्तो आशयपत्र आह्वानका लागि २१ दिनको समय दिएर सूचना जारी गरेको प्रतिष्ठानले जनाएको छ ।
विभिन्न संघ÷संस्था वा कम्पनीहरूबाट पेस लिखित आशयपत्र उपर निर्णय लिएर छिट्टै कक्षा सञ्चालन गर्ने प्रतिष्ठानको योजना छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया