घरमै बसेर १५ मिनेटमा यसरी बेच्नुस् पुरानो फोन
काठमाडौं । घरमा भएको पुरानो फोन के गर्ने ? सबको फोनले प्रयोग गरिएको पुरानो फोन बिक्री गर्नका लागि ग्राहकमाझ नयाँ अफर ल्याएको छ । यही मंसिर महिनाबाट सबको फोनले घरमै बसेर पुरानो फोन बेच्न सकिने स्कीम ल्याएको हो । नेवालवाचसँगको कुराकानीमा सबको फोनका सह संस्थापक उत्तम काफ्लेले ग्राहकहरूलाई नयाँ फोन किन्न जस्तै पुरानो फोन पनि बेच्न सहज होस् भनेर यो अफर ल्याएको बताए । ‘बजारमा नयाँ फोन किन्न जति सहज छ, पुरानो बेच्न उत्तिकै कठिन,’ उनले भने, ‘कसैसँग पुरानो फोन छ तर तत्काल पैसाको आवश्यक भयो भने अब यो अफरमार्फत ग्राहकहरूले घरमै बसेर फोन बेच्न सक्नुहुन्छ ।’ कसरी बेच्ने भएका पुरानो फोन ? यसको लागि सर्वप्रथम सबको फोनको वेबसाइट https://sabkophone.com/sell-your-phone/ मा जान सकिन्छ । त्यहाँ ग्राहकले आफ्नो फोनको अवस्थाबारे फारम भर्र्नुपर्ने हुन्छ । फोनको डिस्प्ले, ब्याट्रि, क्यामेरा, वाइफाइलगायतका विषयमा त्यसमा हो या होइन भन्ने प्रश्न सोधिन्छ । सोही प्रश्नको उत्तरको आधारमा फोनको मूल्यांकन हुन्छ । ग्राहकले सोधिएका प्रश्नको उत्तर दिएपछि फोनको मूल्यांकन पनि सिस्टमबाटै हुन्छ । यदि त्यहाँ देखाएको मूल्यांकनको रकम आफूलाई चित्त बुझेमा ग्राहकले विक्रिको लागि सहमति जनाउन सक्नेछन् । चित्त नबुझेमा त्यहाँबाट बाहिरिन सक्छन् । सहमति जनाएपछि त्यहाँ ग्राहकको सम्पर्क नंबर र ठेकाना मागिन्छ । त्यसपछि सबको फोनका प्रतिनिधिले ग्राहकले भनेको स्थानमा आएर यसअघि गरेको प्रश्नउत्तरसँग ग्राहकको फोनको अवस्थालाई ‘भेरिफाइ’ गर्छन् र उक्त मूल्यांकन अनुसारको रकम दिएर पुरानो फोन लैजान्छन् । यसअर्थमा अब घर या कार्यालयमै बसेर आफ्ना पुराना फोन बेच्न सकिन्छ । फोन बिक्री गरेपछि तुरुन्तै पैसा पनि हात पर्ने सबको फोनले जनाएको छ । वेबसाइटमा जान नसकेको या असज भएको खण्डमा तलको बारकोडलाई स्कान गरेर पनि फोनको मूल्यांकन गर्न सकिन्छ ।
ताजा अपडेट
-
देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
गाडी किन्ने काममा अर्थ मन्त्रालयको अंकुशः अरु के के गरियो व्यवस्था ?
-
एक वर्षमा ९९ जलविद्युत् आयोजनालाई सर्वेक्षण अनुमति


प्रतिक्रिया