चीन–भारत सीमा विवादमा तेस्रो पक्षको आवश्यकता छैन : चीन
काठमाडौं – चीनले बिहीबार भारतसँगको सैन्य तहको वार्तालाई ‘सकारात्मक र रचनात्मक’ भएको बताएको छ। सीमा समस्यालाई राम्ररी सम्हाल्न चीनले भारतसँग मिलेर काम गर्ने बताएको छ।
एक प्रश्नको जवाफ दिँदै चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वु छियानले भने, ‘चिनियाँ पक्षले यो चरणको वार्ता सकारात्मक र रचनात्मक भएको विश्वास गरेको छ र चीनले सीमा समस्याको उचित समाधानका लागि छलफल र परामर्श जारी राख्नेछ।’
यसैबीच, प्रेस सम्मेलनमा वु कियानले अमेरिकामा ह्वाइट हाउसका प्रवक्ता जेन साकीको टिप्पणीको कडा आलोचना गरे। साकीले चीनले भारत–चीन सैन्य वार्ता अघि छिमेकी देशहरूलाई धम्की दिन खोजेको आरोप लगाए।
वु छियानले आफ्नो विज्ञप्तिमा भारत र चीनबीचको सीमा विवाद दुई देशबीचको मुद्दा भएको बताए । दुवै पक्ष तेस्रो पक्षको हस्तक्षेपको विरुद्धमा भएको उनको भनाइ छ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, ०७:११:००
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया