अफ्रिका कप अफ नेसन्स : ६ टोली पुगे क्वार्टरफाइनलमा, २ स्थान बाँकी
काठमाडौं । सेनेगल अफ्रिका कप अफ नेसन्सफुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा केप भर्डेलाई २–० गोल अन्तरले हराउँदै सेनेगल क्वार्टरफाइनल पुगेको हो ।
सेनेगललाई जित दिलाउन साडियो माने र बाम्बा डिइङले एक–एक गोल गरे ।
खेलको ६३ औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २–० को जित दिलाए ।
खेल दौरान केप भर्डे ९ खेलाडीमा समेटिएको थियो ।
६ भर्डेका प्याट्रिक एन्ड्राडे र भोजिन्हाले रातो कार्ड पाएका थिए ।
यससँगै ६ टोलीले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । जसमा सेनेगलसँगै आयोजक क्यामरुन, बुर्किना फासो, ट्युनिसिया, गाम्बिाया र मोरक्को छन् ।
अब दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । जसका लागि इक्वेटोरियल गिनी र माली तथा इजिप्ट र आइभरी कोस्टबीच प्रतिस्पर्धा हुन बाँकी छ ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, १५:२१:००
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया