अफ्रिका कप अफ नेसन्स : ६ टोली पुगे क्वार्टरफाइनलमा, २ स्थान बाँकी
काठमाडौं । सेनेगल अफ्रिका कप अफ नेसन्सफुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको खेलमा केप भर्डेलाई २–० गोल अन्तरले हराउँदै सेनेगल क्वार्टरफाइनल पुगेको हो ।
सेनेगललाई जित दिलाउन साडियो माने र बाम्बा डिइङले एक–एक गोल गरे ।
खेलको ६३ औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २–० को जित दिलाए ।
खेल दौरान केप भर्डे ९ खेलाडीमा समेटिएको थियो ।
६ भर्डेका प्याट्रिक एन्ड्राडे र भोजिन्हाले रातो कार्ड पाएका थिए ।
यससँगै ६ टोलीले क्वार्टरफाइनलमा स्थान बनाएका छन् । जसमा सेनेगलसँगै आयोजक क्यामरुन, बुर्किना फासो, ट्युनिसिया, गाम्बिाया र मोरक्को छन् ।
अब दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् । जसका लागि इक्वेटोरियल गिनी र माली तथा इजिप्ट र आइभरी कोस्टबीच प्रतिस्पर्धा हुन बाँकी छ ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८, १५:२१:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया