स्वस्तिमाको आइटम डान्स : २४ घण्टा नबित्दै साढे सात लाखभन्दा बढीले हेरे (भिडियोसहित)
काठमाडौं । नेपाली अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेको दक्षिण भारतीय चलचित्र ’थिरीमाली’को आइटम गीतले सार्वजनिक भएको २४ घण्टा नबित्दै सात लाखभन्दा बढी भ्युअर्स पाएको छ ।
मूल रूपमा मलयालम भाषामा बनेको यो चलचित्रको ‘रंग बिरंगी’ आइटम गीत युट्युबमा शनिबार सार्वजनिक भएको थियो ।
सार्वजनिक भएको २२ घण्टामा सो गीतले सात दाख ५८ हजारभन्दा बढी भ्युअर्स पाएको छ ।
यो गीत नेपालको ट्रेन्डिङमा चौथो नम्बरमा छ ।

तीन मिनेट ५३ सेकेन्डको गीत ’सायना मुभिज’ को युट्युब च्यानलमा हेर्न सकिन्छ ।
आइटम डान्समा स्वस्तिमा मुख्य भूमिकामा देखिएकी छिन् । उनी भारतीय आइटम गीतको शैलीमा नाचेकी छिन् ।
तीन मिनेट ५३ सेकेन्डको गीत ’सायना मुभिज’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा सुनिधि चौहानको स्वर दिएकी छिन् ।
चलचित्र ’थिरीमाली’ मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुने बताइएको छ ।
यो चलचित्रको निर्देशन राजीव शेट्टीले गरेका छन् भने निर्माण एसके लरेन्सले गरेका हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया