बाबु बन्दै आदित्य

काठमाडौं । गायक आदित्यनारायण झा बाबु बन्ने भएका छन् । श्रीमती श्वेता अग्रवालसँगको तस्बिर सामाजिक सञ्जालमा शेयर गर्दै उनले यसको जानकारी दिएका हुन् ।
तस्बिरमा आदित्य र श्वेता मुस्कुराइरहेका देखिन्छन् ।
आदित्यले गत वर्ष विवाह गरेका थिए । पहिलोपटक बाबु बन्न लागेको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।
आदित्य नेपाली मूलका बलिउडका चर्चित गायक उदीतनारायण झा र दीपा गहतराजका छोरा हुन् ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८, १७:३९:००
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया