एकीकृत समाजवादीका नेताले दिए जनसंगीत मञ्चका कलाकारलाई प्रशिक्षण
काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीअन्तर्गत जनसंगीत मञ्चको आयोजनामा एक दिवसीय कलाकार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एकीकृत समाजवादी) निकटको उक्त मञ्चको कार्यक्रम आज अनामनगरमा सम्पन्न भएको हो ।
एकीकृत समाजवादीका उप–महासचिव एवं मोर्चाका प्रमुख डा. विजय पौडेलले दिएको प्रशिक्षण कार्यक्रममा करिब ६० जना कलाकार सहभागी थिए ।
साथै, पार्टीका पोलिटब्युरो सदस्य एवं महासंघका इन्चार्ज गोपाल बराल, महासंघका केन्द्रीय अध्यक्ष कृपाराम धमला, उपाध्यक्षद्वय नारायण परिश्रमी, डा. पुष्करराज भट्ट, डा. बालचन्द्र मिश्र, केन्द्रिय सदस्य कृष्ण आँसु, नारायण परिश्रमी, ऋषि अधिकारीलगायत पनि कार्यक्रममा सहभागी भएका थिए ।
पार्टीका नेताहहरूले समसामयिक विषय, वर्तमान परिस्थिति, सांस्कृतिक परिस्थितिलगायत विषयमा पार्टीका आधिकारिक धारणाबारे प्रशिक्षण दिएको जनसंगीत मञ्चका केन्द्रीय अध्यक्ष नवीन पौडेल बताए ।
सो अवसरमा विभिन्न कलाकारले ‘आयो आयो समाजवादी आयो, समाजवादको लक्ष बोकेर आयो, एकीकृत समाजवादी पार्टी आयो‘’ लगायतका विविध जनवादी गीत–सङ्गीत प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, २०:४६:००
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया