कोरोना नियन्त्रण नभएको भन्दै विद्यार्थीको खबरदारी
काठमाडौं । बढ्दै गैरहेको कोरोना भाइरसको तेस्रो भेरियन्टको उचित व्यवस्थापन नभएको भन्दै आज कोटेश्वर चोकमा विद्यार्थीहरूले ‘सर्वसाधारणमा जनचेतना र सरकारलाई खबरदारी’ कार्यक्रम गरेका छन् ।
विभिन्न जिल्लाबाट राजधानीमा पढ्दै आइरहेका १५–१६ वर्ष उमेर समूहका विद्यार्थीले चोकमा मास्क वितरणसहित पर्चा पम्प्लेट लिएर प्रदर्शन समेत गरेका छन् ।
कार्यक्रममा जडिबुटीबाट कोटेश्वर चोक नजिकका सर्वसाधारणलाई मास्क र स्यानिटाइजर वितरणसमेत गरेको विद्यार्थीहरूले बताएका छन् ।
विद्यार्थीहरूले मास्क वितरणसहित ‘तपाईंको मास्क खोइ, नेपाल सरकार गुड मर्निङ, मास्क लगाऊँ कोरोना भगाउँ’ जस्ता पम्प्लेट लिएर प्रदर्शन गरेका थिए ।
कार्यक्रममा हाम्रो लागि कोरोनाविरुद्ध काम गरिरहेका अथवा कोरोनाविरुद्ध लडिरहेका सबैलाई धन्यवादसमेत दिएका छन् ।
ट्राफिक प्रहरी कोटेश्वरसँग समन्वय गरेर अभियन संचालन गरिएको थियो । अभियानमा सामाजिक दूरी कायम गरी सर्वसाधारणलाई निःशुल्क मास्क, स्यानिटाईजर वितरण गरेर ध्यानाकर्षण गराइएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १६:५९:००
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया