NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २८ गते

कोरोना नियन्त्रण नभएको भन्दै विद्यार्थीको खबरदारी

काठमाडौं । बढ्दै गैरहेको कोरोना भाइरसको तेस्रो भेरियन्टको उचित व्यवस्थापन नभएको भन्दै आज कोटेश्वर चोकमा विद्यार्थीहरूले ‘सर्वसाधारणमा जनचेतना र सरकारलाई खबरदारी’ कार्यक्रम गरेका छन् ।

विभिन्न जिल्लाबाट राजधानीमा पढ्दै आइरहेका १५–१६ वर्ष उमेर समूहका विद्यार्थीले चोकमा मास्क वितरणसहित पर्चा पम्प्लेट लिएर प्रदर्शन समेत गरेका छन् ।

कार्यक्रममा जडिबुटीबाट कोटेश्वर चोक नजिकका सर्वसाधारणलाई मास्क र स्यानिटाइजर वितरणसमेत गरेको विद्यार्थीहरूले बताएका छन् ।

विद्यार्थीहरूले मास्क वितरणसहित ‘तपाईंको मास्क खोइ, नेपाल सरकार गुड मर्निङ, मास्क लगाऊँ कोरोना भगाउँ’ जस्ता पम्प्लेट लिएर प्रदर्शन गरेका थिए ।

कार्यक्रममा हाम्रो लागि कोरोनाविरुद्ध काम गरिरहेका अथवा कोरोनाविरुद्ध लडिरहेका सबैलाई धन्यवादसमेत दिएका छन् ।

ट्राफिक प्रहरी कोटेश्वरसँग समन्वय गरेर अभियन संचालन गरिएको थियो । अभियानमा सामाजिक दूरी कायम गरी सर्वसाधारणलाई निःशुल्क मास्क, स्यानिटाईजर वितरण गरेर ध्यानाकर्षण गराइएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १३, २०७८, १६:५९:००

ताजा अपडेट

नेपालवाच विशेष