भत्ता र राजस्व रातारात गायब पार्ने वडासचिवसहित तीनजना अख्तियारको फन्दामा
काठमाडौं । नुवाकोटस्थित पञ्चकन्या गाउँपालिका वडा नं २ की वडा सचिव सरिता राउतसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
राउतसहित कार्यालय सहायक रामकुमार गिरी र सहयोगी नीलप्रसाद मिश्रले सरकारको सम्पत्ति बदनियतपूर्ण रुपमा हानी नोकसानी गरेको आरोप छ । उनीहरूलाई ५३ लाख एक हजार आठ सय ५६ रूपैयाँ बिगो माग दाबी गर्दै आज आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्न भनी ल्याएको रकम र विभिन्न शीर्षकमा उठेको राजस्व रकम शंकास्पद रूपमा हराएकोबारे आयोगमा उजुरी परेको थियो । यसबारे अनुसन्धान हुँदा वडासचिव राउत र कार्यालय सहायक गिरी र अर्का सहयोगी मिश्रको रहोवरमा उक्त रकम राखिएको भेटियो ।
अनुसन्धानमा खुलेअनुसार रकम राखिएको दराजका सेफको चाँबी सरिता राउत र रामकुमार गिरीसँग थियो । त्यस्तै, ढोकाको चाँबी भने नीलप्रसाद मिश्रले बोकेका थिए । रकम गायब भएपछि पनि चाँबी लगाएको ठाउँमा कतै पनि तोडफोड भएको पाइएन ।
रकम हराउँदासमेत उनीहरूले प्रहरीसँग समन्वय गर्न जरुरी ठानेनन् । अनुसन्धानको त्रममा उनीहरूले उक्त रकम वडा कार्यालयमै राखर घर गएको देखिएको हुँदा तीनैजनालाई आज भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १६:११:००
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया