बेइजिङ्ग ओलम्पिकमा सहभागी १२ जनामा कोरोना सङ्क्रमण
काठमाडौं – चीनको संघीय राजधानी बेइजिङ्गमा हुन लागेको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी मध्ये १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।
आगामी शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न देशबाट सहभागीहरू चीन जाने क्रम तीव्र छ । सहभागी आउने र परीक्षण गर्ने क्रम चलिरहेको र यो सङ्ख्या पछिल्लो २४ घण्टाको मात्रै भएको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।
प्रतियोगिताका लागि बिहीबार रातिसम्ममा एक हजार ६८२ जना बेइजिङ्ग आइपुगेका छन् । तीमध्ये एक हजार ४२ जना खेलाडी नै रहेका छन् भने ६४० जना खेल पदाधिकारी तथा अन्य रहेका छन् ।
प्रतियोगितामा सहभागी हुन आएका सवैको पिसिआर परीक्षण विमानस्थलमै गर्ने व्यवस्था मिलाइएको अधिकारीहरूले जनाएका छन् ।
कोरोनाभाइरसको महामारीबीचमा ठूलो चुनौतीलाई सामना गर्दै आयोजना गरिएको प्रतियोगिता फेब्रुअरी ४ मा सुरु भइ फेब्रुअरी २० मा सम्पन्न हुनेछ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया