बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता
काठमाडौं – बनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ।
खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ र १४ वडा तथा पाँचखालको ५ नम्वर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन दुई उपभोक्ता समिति र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बीच सम्झौता भएको हो ।
बनेपास्थित साँगा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर तामाङ, पाँचखाल भमरकोट लिफ्ट खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सीताराम ढुङ्गाना र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठबीच शुक्रबार बनेपामा छुट्टाछुट्टै सम्झौता गरिएको छ । दुवै खानेपानी आयोजनाअन्तर्गत ‘एक घर–एक धारा’ बितरण हुनेछ । सांसद एवं पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्धारित समयमै दुवै आयोजना सम्पन्न हुनेगरी प्रक्रिया थालिएको बताए।
यसै आर्थिक वर्षबाट रु नौ करोड ८४ लाख ६९ हजार ९०८ को लागतमा निर्माण सुरु हुने साँगा खानेपानी आयोजना आर्थिक वर्ष २०८१÷०८२ भित्र सम्पन्न हुने जनाइएको छ । सो आयोजनाबाट बनेपा नगरस्थित १३ र १४ वडाका ८७८ परिवारका पाँच हजार २१२ नागरिक लाभान्वित हुने खानेपानी आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।
श्रेठका अनुसार साँगा खानेपानी आयोजनाका लागि २८ किलोमिटर पाइप बिछ्याइनेछ । आयोजनाको कूल लागतको ८० प्रतिशत रकम सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
यस्तै, पाँचखाल नगरको ५ नम्वर वडामा ८८४ परिवारका पाँच हजार २६३ नागरिकका लागि निर्माण हुने खानेपानी आयोजना निर्माणका लागि रु दश करोड ५८ लाख ५३ हजार ४८४ को लागत हुनेछ । सरकारको ८० प्रतिशत र २० प्रतिशत नागरिकले जनश्रमदान गर्नुपर्ने सम्झौता भएको छ । यस आयोजनाअन्र्तगत ३१ किलोमिटर पाइप लाइन बिस्तार गर्नुपर्नेछ । उक्त आयोजना आव २०८०÷०८१ भित्र निर्माण सम्पन्न हुनेछ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया